मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ माघ ९ बुधबार १७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

घरमुलीको आशौच बार्न ३० जना किरियापुत्री

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १७:३o:oo

मोरङको बुढीगंगास्थित एक व्यक्तिको मृत्युपश्चात् उनको आशौच बार्न ३० जना किरियापुत्री बनेर बसेका छन्। बुढीगंगा गाउँपालिका–४ नेमुवाका ८९ वर्षीय शारदाप्रसाद भट्टराईको मृत्यु भएपछि उनको परिवारका ३० जना किरियापुत्री बनेर आशौच बारिहेका छन्। 

घरमुली भट्टराईको २ माघमा निधन भएको थियो। उनको निधनमा १० छोरा, १० बुहारी, सातछोरी र तीन श्रीमती किरियापुत्री बनेर १३ दिने आशौच बारिरहेका छन्। नाति जीवन भट्टराईका अनुसार हजुरबुबाका तीनजना श्रीमती छन्। तीन श्रीमतीमध्ये जेठीतर्फ चार छोरा, पाँच बुहारी र तीनजना छोरी छन्। माइली श्रीमतीका पाँच छोरा, पाँच बुहारी र एक छोरी छन्। कान्छी श्रीमतीका एक छोरा एक बुहारी र तीन छोरी छन्। 

सबै छोराबुहारी, छोरी अनि श्रीमतीहरू एकैठाउँ बुढीगंगा निमुवास्थित मूलघरमै आशौच बारिरहेका छन्। दिवंगत भट्टराईका ३० नातिनातिना र आधा दर्जन पनाति–पनातिनी छन्।