इटालीको रोमबाट ढाकाका लागि उडेको बंगलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की झुटाे पुष्टि भएकाे छ।
ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको फोनकलमार्फत बमबारे जानकारी दिइएको थियो। रोमबाट ढाकाका लागि उडेको बिजी–३५६ विमानमा बम रहेको ‘सूचना’ आएपछि ६ घण्टासम्म गरिएको आपतकालीन खानतलासीमा बमको संकेत वा कुनै शंकास्पद वस्तु नभेटिएको ढाका ट्रिब्युनले जनाएको छ।
बिहान ५ः३० मा बमको धम्कीपछि २५० यात्रु बोकेको विमान बिहान ९ः२० बजे हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो।