मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका मकवानपुर
२o८१ माघ ८ मंगलबार २१:o८:oo
Read Time : > 1 मिनेट
प्रदेश

बागमती प्रदेश सभामा तीन विधेयक दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार २१:o८:oo

बागमती प्रदेश सभामा मंगलबार तीनवटा नयाँ विधेयक दर्ता भएका छन् । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश सभाको आगामी अधिवेशनमा पेश हुने गरी तीनवटा संशोधन विधेयक दर्ता भएका हुन् ।

उनले प्रदेश सभामा प्रदेश औद्योगिक व्यवसाय ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको जानकारी दिए ।

मंगलबार दर्ता भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेश सभामा दर्ताका लागि पेश भएको थियो । तर, सभामुख भुवनकुमार पाठकले उक्त विधेयक दर्ता गरेका थिएनन् ।

उक्त विधेयकका प्रावधान सच्याउन सभामुख पाठकले फिर्ता गरेका थिए । गत १६ असोजमा मन्त्रिपरिषद्बाट निर्णय गर्दै दर्ताका लागि सचिवालयमा पेश भएको उक्त संशोधन विधेयक चार महिनापछि दर्ता भएको हो । विधेयकमा समावेश हुनुपर्ने राजनीतिक नियुक्तिका विषयहरु स्पष्ट नभएको भन्दै सभामुख पाठकले पुनः विचार गर्न भन्दै दर्ता गरेका थिएनन् ।

प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि प्रदेश सरकारले तत्कालको समस्या हल गर्न ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो । ऐनमा पदाधिकारीको योग्यता, कार्यअवधि लगायतका विषय तोकिए बमोजिम हुने भनिएको र त्यसलाई सुधार गरेर ती विषय ऐनमा नै कायम गर्न सुझाव गरेको सभामुख पाठकले सुझाव दिएका थिए । 

उक्त विषयमा सरकार सकारात्मक रहेकाले सो विषयहरू समावेश भएर आएलगत्तै विधेयक दर्ता गर्ने उनको तयारी भए पनि सरकारले विधेयकका प्रवाधानहरू नसच्याइ दर्ता गरेको हो । प्रदेशसभामा यसअघि प्रदेश खेलकुद् परिषद् ऐन संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संसदको आगामी बैठकबाट पारित गर्नेगरी अघि बढाउने तयारी छ ।