मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ४ शुक्रबार
  • Friday, 17 January, 2025
नयाँ पत्रिका तमिलनाडु
२o८१ माघ ४ शुक्रबार २३:o३:oo
Read Time : < 1 मिनेट
विश्व

भारतको तमिलनाडुमा साँढे जुधाईमा सात जनाको मृत्यु,  चार सय घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तमिलनाडु
नयाँ पत्रिका
२o८१ माघ ४ शुक्रबार २३:o३:oo

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य  चार भन्दा बढी घाइते भएका छन् । 

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् । 

छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू सङ्कलन गर्छन् ।रासस