मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई कम्पनीका करसम्बन्धी १० मुद्दा पूर्ण इजलासमा पेस हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १६:३७:oo

दुईवटा कम्पनीका करसम्बन्धी १० मुद्दा पूर्ण इजलासमा पेस हुने भएका छन्। बिहीबार सर्वोच्चको संयुक्त इजलासले नौ वर्ष पुराना यी मुद्दा पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको हो।

राजस्व र वाणिज्य पुनरावेदनका रूपमा सर्वोच्च पुगेका यी मुद्दामाथि न्यायाधीशहरू सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। निर्णय सुनाउने मिति तोकिएकोमा यस्तो आदेश भएको हो।

नेपाल ल्युब आयल लिमिटेडको दुईवटा मूल्य अभिवृद्धि करका र दुईवटा आयकरका मुद्दामा यस्तो आदेश भएको हो। यी मुद्दाहरू ०७२ चैतमा सर्वोच्चमा दर्ता भएका थिए। यिनमा ठुला करदाता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।

यसैगरी, यिनै विपक्षी रहेको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी हेटौँडाको तीनवटा मूल्य अभिवृद्धि र तीनवटा आयकरका मुद्दा पुनरावेदनका रूपमा सर्वोच्च पुगेका हुन्। यी मुद्दा पनि ०७१ चैतमा सर्वोच्चमा दर्ता भएका थिए।

यी १०वटै मुद्दा सर्वोच्च प्रशासनले शीघ्र फर्स्योट गर्ने गरी अभियान फाँटमा राखेर पेसी चढाइरहेको छ। ०७२ सालमै दर्ता भए पनि ०७५ मा मात्र यी मुद्दा रुजु भएको सर्वोच्चको अभिलेख छ।