तौलिहवा–जितपुर सडकखण्डअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका– ११ देउवापारमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
बुधबार साँझ नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन्। दुर्घटनामा मृत्यु हुनेहरूमा युपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकलचालक कपिलवस्तु शुद्धोदन गाउँपालिका– ३ निवासी ३५ वर्षीय नेहामन अली र लु.१० प ४४९६ नम्बरको नेपाली मोटरसाइकलचालक सैनामैना– ४ निवासी २७ वर्षीय रोमन थारू रहेका छन्।
उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
दुर्घटनामा २६ वर्षीय अजय थारू घाइते भएका छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।