मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार o८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुरक्षा चुनौती देखाउँदै खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान स्थगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार o८:३९:oo

देशकै प्रमुख पर्यटकीय गन्तव्य खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडान अनिश्चितकालीन स्थगन भएको छ ।

खुम्बु क्षेत्रका हेलिप्याडहरूमा स्थानीय युवा क्लब, युवा समूहलगायतले झन्डा गाडेर अवरोध सिर्जना गरेको भन्दै वायुसेवा सञ्चालक संघले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका उडान नगर्ने निर्णय गरेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघ–संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान–अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै १ जनवरीदेखि व्यावसायिक प्रयोजनमा हेलिकोप्टर उडाउनमा प्रतिबन्ध लगाएको छ ।

सो प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग वायुसेवा सञ्चालक संघका पदाधिकारीले पटक–पटक वार्ता गर्दा पनि कुनै निक्र्योल निस्किएको छैन ।