मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
गणेश लम्साल विराटनगर
२o८१ पौष १३ शनिबार o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अपहरण गरेर बलात्कार आरोपमा तीनजनाविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार o७:oo:oo

मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई शौच गर्न निस्किएका वेला अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीनजनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार मानव अपहरण तथा शरीर बन्धक, सामूहिक बलात्कार र ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालत मोरङमा मुद्दा चलाएको हो । यो घटनामा संलग्नको आरोपमा कटहरी गाउँपालिका– २ का २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनीलकुमार साह र भारतको अररिया कुर्साकट्टा घर भई विराटनगर बस्दै आएका १८ वर्षीय मो. गुल्जर प्रहरी हिरासतमा छन् ।

रमजान र साह सिटीचालक हुन् भने गुल्जर ग्यारेजमा काम गर्ने मजदुर हुन् । तीनैजना लागुऔषध गाँजा सेवनकर्ता समूहको भएको प्रारम्भिक अनुसन्धानले देखाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । 

पीडित महिलाको बयानअनुसार गत मंगलबार ती युवाहरूले मुख थुनेर सिटी रिक्सामा राखी एक किलोमिटर पर कटहरी गाउँपालिका– २ स्थित बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेका थिए । हातखुट्टा बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मंगलबार दिउँसो उनको उद्धार गरिएको थियो । 

कटहरी– २, कदमटोलीकी वृद्धा शान्ति ऋषिदेवले मंगलबार दिउँसो १२ बजेतिर बाँसघारीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलालाई देखेपछि घर पुगेर छोरा रसिलाललाई जानकारी गराएकी थिइन् । त्यसपछि रसिलाल स्थानीयहरूसमेत भेला गरेर घटनास्थल पुगेका थिए ।

सलले हातखुट्टा बाँधिएको र मुखमा समेत कपडा कोचेर मरणासन्न अवस्थामा लडिरहेकी महिला देखेपछि गाउँलेले कटारी प्रहरी चौकीमा खबर गरेका थिए । तत्काल प्रहरी टोलीले उद्धार गरेर विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएको थियो ।