मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३० आइतबार १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्बोडिया–भैरहवा सिधा उडान गर्न मन्त्री पाण्डेको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार १४:५६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन्।

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन्। सो अवसरमा मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे जानकारी गराएका थिए।

यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास, पर्यटन प्रवर्द्धनका लागि दुवै देशबिच कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने  विषयमा  छ्लफल भएको थियो।

दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउन युवा र शैक्षिक आदानप्रदानका सम्भावनालगायतका विषयसमेत छलफल भएको बताइएको छ। 

पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारेसमेत दुई मन्त्रीबीच चर्चा भएको थियो। संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता दिएका छन्।