नेसनल लाइफ इन्स्योरेन्सले सुदूर प्रदेशका अभिकर्तालाई सिइओ क्लब सदस्यबाट सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले सुदूरपश्चिमबाट सिइओ क्लबका सदस्य हुन सफल एक सय ६० भन्दा बढी अभिकर्तालाई सम्मान गरेका हुन् ।
त्यस्तै, आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सिइओ खत्रीले उक्त प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।
सिइओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्तालाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम गर्ने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णालीका अभिकर्ताहरूबिच सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा सुदूरपश्चिम प्रदेशमा सम्मान कार्यक्रम गरेको सिइओ खत्रीले बताए । समारोहमा सिइओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरले मिहिनेतको कदर भएको बताए ।