मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २२ शनिबार
  • Thursday, 19 December, 2024
एजेन्सी सिरिया
२o८१ मङ्सिर २२ शनिबार १५:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सिरियामा दुई लाख ८० हजारबढी मानिस विस्थापित 

Read Time : < 1 मिनेट
एजेन्सी, सिरिया
नयाँ पत्रिका
२o८१ मङ्सिर २२ शनिबार १५:३३:oo

सिरियाको उत्तरपश्चिम हयात तहरिर अल–श्याम (एचटिएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघले ट्विटरमा साझा गरेको पोस्टमा लेखेको छ, ‘हालैको हिंसामा केही दिनमै उत्तर पश्चिम सिरियामा दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। राष्ट्रसंघले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदै छ।’ यसैबिच, हजारौँ बासिन्दाहरू होम्स सहरबाट भागेका छन्। दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले शुक्रबार हजारौँ होम्सका बासिन्दाहरू पश्चिमी किनारतर्फ रातभरि भाग्न थालेका छन्। यहाँ सिरियाली राष्ट्रपति बसर अल–असदले अझै पनि नियन्त्रण कायम राखेका छन्। बिहीबार उत्तरको हामा सहर कब्जा गरेपछि विद्रोहीहरूले होम्सको चौराहे सहरमा आफ्नो नजर राखेका छन्, जुन कब्जा गरेमा राष्ट्रपति बसर अल–असदको नियन्त्रणमा रहेको क्षेत्र विभाजित हुनेछ।

संयुक्त राष्ट्रसंघका अनुसार एक दशकभन्दा बढीको युद्धमा तीन लाखभन्दा बढी नागरिक मारिएका छन्, लाखौँ विस्थापित भएका छन्।