चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर १६६ चलचित्र भवन रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेश प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदूरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा छन् । बोर्डले चलचित्र भवन र सिट संख्यासमेत उल्लेख गरेको छ ।
बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको संख्या थपघट हुन सक्नसमेत जनाएको छ । सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रहसमेत गरेको छ ।