मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १७ सोमबार
  • Wednesday, 04 December, 2024
२o८१ मङ्सिर १७ सोमबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बदर मत पुन: गणना गर्ने सहमतिपछि बेलका-९ मा रोकिएको मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १७ सोमबार १८:३५:oo

बदर भएको मत पुन: गणना गर्न निर्वाचन आयोगले सुझाव दिएपछि बेलका नगरपालिका–९ मा रोकिएको मतगणना सुरु भएको छ। बेलका–९ का निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बदर भएको मत पुनः गणना गर्न निर्वाचन आयोगले सुझाव दिएपछि रोकिएको मतगणना सुरु गरिएको जानकारी दिए।

गए रातिदेखि बदर मतको विवादले मतगणना रोकिएको थियो। अधिकृत गुप्ताका अनुसार पाँच सय मतगणना सकिएपछि सदर र बदर मतको विषयमा दलहरूबिच विवाद हुँदा मतगणना रोकिएको थियो। उनका अनुसार पाँचसय मत गणना हुँदा दुईसय २० मत बदर भेटिएको थियो। अहिले त्यही बदर भएको मतगणना गर्दै अरू मतगणना गर्न सकिने निर्वाचन अयोगले सुझाव दिएपछि गणना सुरु भएको हो।

मतगणना रोकिनुभन्दा अघिसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मोहन खड्काले ८५, नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० र नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत प्राप्त गरेका छन्।

तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको छ। बेलका नगरपालिका वडा नं ९ मा ७ जना प्रतिस्पर्धामा छन्। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यस वडामा कांग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।