Skip This
दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुग्याे, ६ जना गम्भीर
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका दार्चुला
२o८१ कार्तिक ३० शुक्रबार o८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुग्याे, ६ जना गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o८:३५:oo

दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर– ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी– ५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेकोे छैन ।    

घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म.१ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका– ५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।