१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २६ सोमबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २६ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

उपनिर्वाचनका लागि कांग्रेसले मधेशमा उपसमिति परिचालन गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २६ सोमबार १७:३६:oo

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले मधेश प्रदेशमा उपसमितिहरू परिचालन गर्ने निर्णय गरेको छ। १६ मंसिरका लागि तोकिएको उपनिर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न उक्त निर्णय भएको कांग्रेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए।

नेपाली कांग्रेसको मधेश प्रदेश कार्यसमितिले सोमबार यस्तो निर्णय गरेको हो। प्रदेशस्तरको संसदीय समितिले जिल्लाबाट आएको सिफारिसअनुसार टिकटबारे निर्णय गर्ने बताइएको छ।

२४ कात्तिकमा मधेश प्रदेश पदाधिकारी एवं कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयसमेत अनुमोदन भएको छ। सातवटै वडास्तरमा हुने उप–निर्वाचनका लागि प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि भएको छ। 

मधेश प्रदेशको रौतहटमा तीन, सप्तरीमा दुई तथा धनुषा र महोत्तरीमा १-१ गरी सातवटा स्थानीय तहका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ। निर्वाचनको नतिजा परिणाममुखी बनाउन धनुषामा पूर्वमन्त्री रामसरोज यादव तथा सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरीलाई जिम्मेवारी दिइएको छ । 

यसैगरी, महोत्तरीमा नरेन्द्र यादव तथा रौतहटमा सहमहामन्त्री जयनारायण यादव र प्रदेश सदस्य सूर्यबहादुर थापालाई जिम्मा दिइएको गुप्ताले जानकारी दिए। साथै, कांग्रेस र नेकपा एमालेको वर्तमान सरकारले बनाउने भनेको प्रदेशस्तरीय दुईदलीय राजनीतिक संयन्त्रका लागि कांग्रेसको तर्फबाट प्रदेश सभापति कृष्ण यादवको संयोजकत्वमा तीनसदस्यीय संयन्त्र गठन गरिएको छ।