मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २६ सोमबार
  • Saturday, 23 November, 2024
२o८१ कार्तिक २६ सोमबार o९:oo:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल बिमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २६ सोमबार o९:oo:oo

बिमामा आबद्ध नागरिकको संख्या घट्दै गएको किन होला ? 
मुख्यतः पछिल्लो समयको आर्थिक शिथिलताले नै यस्तो समस्या आएको हो । शिथिलताबाट नेपाली अर्थतन्त्र अझै बाहिर निस्कन सकेको छैन । बिमितलगायत अन्य व्यक्तिको पनि आम्दानी प्रभावित भइरहेकाले बिमा सरेन्डर र ल्याप्स बढेको हुन सक्छ । त्यसमाथि नयाँ बिमा गर्नेको संख्या पनि न्यून छ । बिमा पहुँच गणना गर्ने एक मात्रै सूचक अर्थात् सक्रिय बिमालेखको संख्या घटेको छ । त्यसले गर्दा यो घटेको जस्तो देखिएको हो । तर, बिमा पहुँच बढ्दो क्रममै छ । आगामी दिनमा यो थप बढ्नेछ ।

बिमाप्रति आमनागरिकको विश्वास गुमेको त होइन ? 
बिमाप्रति आमनागरिकको विश्वास नै गुमेजस्तो हामीलाई लाग्दैन र त्यो होइन पनि । सामान्य अंकको गिरावटले त्यस्तो संकेत गर्दैन । बिमाप्रति अविश्वास भएको भए बिमा पहुँच निकै घट्ने थियो । जनतामा विश्वास नै हराएमा ठुला परिवर्तन आउँछ । उदाहरणका लागि, सेयरबजारको सूचक नियमित रूपमा थपघट भइरहन्छ । तर, सेयरबजारप्रति लगानीकर्ताको अविश्वास भएमा सूचकमा ठुलो गिरावट आउँछ । यो बिमामा पनि लागू हुन्छ । अहिले नियमित रूपमै बिमालेखको संख्या थपघट भएको हो । तर, बिमाप्रति अविश्वास नै भएर यस्तो अवस्था आएको होइन ।

बिमा पहुँच बढाउन प्राधिकरण के गर्दै छ ? 
हामी बिमा पहुँच बढाउन प्रयासरत छौँ । बिमा सचेतना बढाउन स्थानीय तह र प्रदेशस्तरमा नियमित कार्यक्रममार्फत अन्तत्र्रिmया र विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्दै आएका छौँ । अब सरकारले पनि यसमा विशेष सहयोग गर्नुपर्छ । बिमालाई अनिवार्य गर्ने गरी विशेष नीति ल्याउनुपर्छ । साथै, स्थानीय तहले पनि यसमा विशेष भूमिका निर्वाह गर्नुपर्छ ।