१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २४ शनिबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २४ शनिबार १८:५४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

उपनिर्वाचनलाई पुथा उत्तरगंगामा एमाले र माओवादी केन्द्रले टुंग्याए उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २४ शनिबार १८:५४:oo

आगामी मंसिर १६ मा हुने उपनिर्वाचनमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्षमा प्रतिस्पर्धा गर्न नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन्।

एमालेले गाउँपालिका उपाध्यक्षमा जिल्ला उपसचिव केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जिल्ला कमिटी सदस्य जीवन रोकामगरलाई अघि सारेको छ। तुलाचन र रोकाको नाम बुधबार बसेको जिल्ला कमिटी बैठकले प्रदेश कमिटीमा सिफारिस गरेको थियो। जिल्लाको सिफारिस प्रदेश कमिटीले अनुमोदन गरेको एमाले रुकुमपूर्वका जिल्ला अध्यक्ष लीलामणि गौतमले जानकारी दिए। यसपटक जसरी भए पनि चुनाव जित्ने गरी लागेको उनको भनाइ छ।

यता, माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्षमा ज्ञानदेवी पुन र वडाध्यक्षमा जगत घर्तीलाई सिफारिस गरेको छ। माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटीको दुई दिनसम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरेको कमिटी अध्यक्ष हर्कबहादुर कामीले जानकारी दिए। उनका अनुसार १० आकांक्षीमध्येबाट आपसी सहमतिमै उपाध्यक्षमा पुन र वडाध्यक्षमा घर्ती सिफारिस भएका हुन्।

माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेशमान पुनले माओवादीको आधार इलाकाका रूपमा परिचित रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस–एमालेको संयुक्त उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको बताए।

नेपाली कांग्रेसले भने उम्मेदवार टुंग्याइसकेको छैन। पार्टीमा छलफल चलिरहेको भन्दै कांग्रेस महासमिति सदस्य नन्दु विष्टले कात्तिक २८–२९ गतेसम्म उम्मेदवार टुंग्याउने बताए।

पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र बुढा र वडा नं २ का अध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ २८ गते बाग्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा मृत्यु भएपछि उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त छ।