१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १७ शनिबार १८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हङकङ सिक्सेस : नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित    

नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार १८:५२:oo

नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ। हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वार्टरफाइनल खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए। उनले १८ बलमा आठ छक्का र एक चौका हाने। यस्तै, नारायण जोशीले १३ रन बनाए। बलिङतर्फ श्रीलंकाका लागि थरिन्दु रत्नानायके र लाहिरू समरा खोनले दुई-दुई तथा धनञ्जय लक्सन र कप्तान लिहुरू मदुसन्काले एक-एक विकेट लिए।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १२३ रन बनायो। श्रीलंकाका लागि सदुन बिराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए।

यसैगरी, कप्तान लिहुरू मदुसन्काले अविजित ३१, लाहिरू समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए। बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतीश जिसीले एक-एक विकेट लिए। यसअघि समूह चरणको खेलमा भने नेपालले इंग्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो।