१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १७:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितलाई राहत सामग्री प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १७:१३:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढीपीडित ४५ घरपरिवारलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ। प्रतिपरिवार ३० केजी चामल, दाल र नुन २-२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको हो।

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्ण रूपमा क्षति भएको हुँदा कम्पनीले प्रतिघरपरिवार ३ बन्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ। यसैगरी, झ्याप्ले खोलामा आएको बाढीपहिरोका कारण विस्थापित ३० घरपरिवारलाई गर्जुधारा उपशाखाको संयोजनमा खाद्यान्न वितरण गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए। प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएमा अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको बताए।