बाढी–पहिरोले क्षतविक्षत भएको बिपी राजमार्गअन्तर्गतको रोशी सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ।
हाल ट्रयाक खोलेर सञ्चालन गरिएको रोशी खोलामा पर्ने चौकीडाँडादेखि बर्खे खोलासम्म बुधबारदेखि बेलुका बन्द गर्न लागिएको हो।
ट्रयाकको मर्मत तथा सुधारका लागि बेलुका बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।