१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
रासस काठमाडौं
२o८१ असोज ३० बुधबार १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतपछिको पुनर्निर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली

मागेरभन्दा आफ्नै बलबुतामा पुनः निर्माण गर्नुपर्नेमा जोड

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १६:१३:oo

प्रधानमन्त्री केपी ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनर्स्थापनको काम अघि बढाउने बताएका छन्।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराए। 

उनले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रूपमा सडक सञ्चालनमा आएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेरभन्दा आफ्नै बलबुतामा पुनर्निर्माण र पुनर्स्थापनका कामहरू गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो।