१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Wednesday, 16 October, 2024
रासस कैलाली
२o८१ असोज २९ मंगलबार १८:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनगढीको सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

Read Time : < 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार १८:१३:oo

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु. ३८ लाख मूल्यबराबरको चामल बिक्री गरेको छ। असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो।

सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका ५४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना विष्टले जानकारी दिइन्।

डडेल्धुरास्थित गोदामबाट १५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट २२६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट १०७ क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिइन्।

कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो रु. पाँच छुट दिएर बिक्री गरिरहेको उनले बताइन्। सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहनेछ।