Skip This
मुस्ताङमा १६ करोडका भेडाच्याङ्ग्रा बिक्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका म्याग्दी
२o८१ असोज २९ मंगलबार o६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुस्ताङमा १६ करोडका भेडाच्याङ्ग्रा बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार o६:१६:oo

यस वर्षको दसैँमा मुस्ताङमा रु. १६ करोडबराबरका भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । ‘मुस्ताङका किसानले उमेर र तौलअनुसार प्रतिगोटा रु. २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्,’ उनले भने, ‘सरदर मूल्यअनुसार रु. १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् ।’

 गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएका थिए । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौंलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङ्ग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीहरूले बताएका छन् । 

जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिने भएकाले  दसैँ–तिहारमा हिमाली च्याङ्ग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छन् । 

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा रु. १० हजार कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो ।