Skip This
पर्साको पोखरिया अस्पताल सुधारको मागसहित जारी धर्ना स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असोज २३ बुधबार २१:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्साको पोखरिया अस्पताल सुधारको मागसहित जारी धर्ना स्थगित

संघीय मामिलामन्त्री गुप्ताले गरे माग सम्बोधन गराउने प्रतिबध्दता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार २१:o४:oo

पर्साको पोखरिया अस्पताल सुधारको माग राखेर स्थानीयले गरिरहेको अनिश्चितकालीन धर्ना स्थगित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले धर्ना त्यागेका हुन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री गुप्ताले धर्नामा बसेका स्थानीयलाई बुधबार जुस खुवाएर धर्ना तोडाए।

अस्पतालमा बेथिति सुधारको माग राखेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय नेता नेजामुद्दिन समानीको अगुवाइमा स्थानीयहरूले गत १३ असोजदेखि आन्दोलन गरिरहेका थिए।