Skip This
विपतबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दुई अर्ब ८८ करोड लाग्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार १८:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपतबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दुई अर्ब ८८ करोड लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार १८:५१:oo

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ।

सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै विपतबाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा क्षति पुगेको जानकारी दिइन्।

‘स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ,’ उनले भनिन्, ‘यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न रु एक अर्ब ७७ करोड चार लाख लागत अनुमान गरिएको छ।’

बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न रु १२ करोड ८१ लाख लागत अनुमान गरिएको जानकारी दिइन्।

‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ,’ उनले भनिन्, ‘यी संरचना बनाउन अनुमानित रु ७० करोड लाग्ने छ।’

उनका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपाालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोविखोलाअन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। ‘यी संरचना बनाउन तथा सुधार गर्न रु ११ करोड ४६ लाख लाग्ने छ’, उनले भनिन्। रासस