Skip This
ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ २४ लाखसहित पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ २४ लाखसहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १६:५४:oo

ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ नागरिक करिब २४ लाख रुपैयाँसहित पक्राउ परेका छन्। ज्याठास्थित वाङ स्युयाछयाङले सञ्चालन गरेको क्वान छी होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी प्रहरीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू फिस सुट नामक जुवा खेल्दै आएका थिए।

प्रहरीले २३ लाख ९८ हजार नगद, दुईवटा माजोङ सेट र ३६० वटा गोटीहरू बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध कारबाही अघि बढाएको छ।