Skip This
प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
रासस काठमाडौं
२o८१ असोज २० आइतबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १६:५o:oo

नेकपा (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपतकाे सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपतकाे सामना भइरहेको स्पष्ट पारे।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु. ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरू सहभागी थिए।