Skip This
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार १६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १६:२६:oo

नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा दुई करोड रुपैयाँको सहायता प्रदान गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले रु. २ करोडको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्।

असोज १० गतेदेखि परेको लगातारको भारी वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षाबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीपहिरोबाट प्रभावित पीडितका लागि आर्थिक सहयोग प्रदान गरेकोमा प्रधानमन्त्री ओलीले नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे।

सो कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रणलगायत विभिन्न विपतकाे समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सोको निरन्तरतास्वरूप आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए।