Skip This
‘बाढीपहिरोबाट खानेपानी संरचनामा साढे तीन अर्बको क्षति’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बाढीपहिरोबाट खानेपानी संरचनामा साढे तीन अर्बको क्षति’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १४:१६:oo

खानेपानीमन्त्री प्रदीप यादवले तीनदिने वर्षापछिको बाढीपहिरोले खानेपानी संरचनामा साढे तीन अर्ब रुपैयाँको क्षति भएको बताएका छन्।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले पछिल्लो विपतबाट खानेपानी संरचनामा व्यापक क्षति भएको बताए।

‘अहिलेको बाढीपहिरोबाट खानेपानी संरचनामा साढे तीन अर्बजति क्षति भएको छ। धेरै ठाउँमा मेसिनरी, मुहान, ट्रान्समिसन, पम्पलगायत ध्वस्त भएको छ,’ उनले भने।

दक्षिणकाली, नक्खु, काभ्रेको पनौती, महोत्तरीलगायत ठाउँमा क्षति बढी रहेको मन्त्री यादवले जानकारी दिए। ‘केही ठाउँमा दुई किलोमिटरसम्म पाइप बगाएको छ,’ उनले भने।

क्षतिग्रस्त संरचना निर्माणका लागि विपत् कोषबाट बजेट मागिएको उनले बताए। ‘संरचना पुनर्निर्माणको काम थालेका छौँ। नियमित बजेटमा बन्न सक्ने अवस्था छैन। विपत् व्यवस्थापन कोषबाट माग गरेका छौँ,’ उनले भने।

पछिल्लो बाढीपहिरोपछि काठमाडौं उपत्यकामा खानेपानी अभाव हुने चिन्ता गरिएको भन्दै उनले तीनै तहको सरकार मिलेर समाधान गर्नुपर्ने बताए। मेलम्चीको खानेपानी नियमित ल्याउन पहल भइरहेको र यसमा सबैको हातेमालो जरुरी रहेको उनको भनाइ थियो।

दक्षिणकाली मुहानबाट भैँसेपाटीमा पानी ल्याउने प्रयास सफल भएको भन्दै उनले समस्याहरू समाधानका लागि आफूले वार्तामार्फत प्रयत्न गरिरहेको बताए।