मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Friday, 14 August, 2026
रासस सुनसरी
२o८१ असोज १७ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी ब्यारेजको मर्मत गरिँदै

Read Time : < 1 मिनेट
रासस, सुनसरी
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १८:५९:oo

यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो।

मुलुकको पूर्वीपहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो। सप्तकोशीको पानी कोशी ब्यारेजमाथिबाट बग्न थालेको थियो।

बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। सप्तकोशी नदीमा पानीको बहाव क्रमिक रूपमा घट्दै गएको छ। पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मतसम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए।

कोशी ब्यारेजको मर्मतसम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले जानकारी दिए। अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेन्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ।