प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ। बैठकले १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा निर्णय लिने बताइएको छ।
१४ साउनमा सरकारले १७ देशमा राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतविरुद्ध सुनुवाइ समितिमा नौवटा उजुरी परेको थियो ।
१४ भदौमा उजुरीकर्तासँग छलफल गरी १६ गतेदेखि राजदूतहरूको सुनुवाइ थालेको समितिले भदौ २७ गते सुनुवाइ सम्पन्न गरेको थियो।