Skip This
राष्ट्रपतिलाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईबाट वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिलाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपतिले भने, ‘अख्तियारका कामकारबाही थप पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १४:१७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारबाही थप पारदर्शी र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्त्वपूर्ण भएको बताए।

यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनको भनाइ थियो।