१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १४ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १४ शुक्रबार १५:२६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाटा ट्राभल मार्ट २०२४ मा नेपालको उत्कृष्ट प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १४ शुक्रबार १५:२६:oo

नेपालले थाइल्यान्डको बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२४ मा प्रतिष्ठित पुरस्कारहरू जित्दै र १८ वटा पर्यटनसम्बद्ध निजी क्षेत्रका पाटा नेपाल सदस्य कम्पनीहरूसहित सशक्त सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन सम्पन्न गरेको छ।  

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)द्वारा आयोजित पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यहरूबाट नाै सयभन्दा बढी प्रतिनिधिले सहभागिता जनाएका थिए। विभिन्न २४ गन्तव्यका १६८ बिक्रेता संस्थाबाट २६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाहरूबाट १९१ क्रेता प्रतिनिधि सहभागी भए। 

पाटाको मुख्यालय थाइल्यान्ड स्थानान्तरणको २५औँ वर्षको विशेष अवसरमा मार्टको ४७औँ संस्करण थाइल्यान्डको राजधानी बैंककमा स्थित ’क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टर’मा आयोजना गरिएको थियो। 

विश्वभरका सबभन्दा सक्रिय पाटा च्याप्टरमध्ये एक, पाटा नेपाल च्याप्टरले वर्ष ०२३–२४ मा पाटाको उद्देश्य र भावनाअनुरूप पर्यटन क्षेत्रको प्रवर्द्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिको सम्मानस्वरूप ‘पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ। 

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुर, महासचिव नरेन्द्र भट्ट र प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले अगस्ट २९, २०२४ मा द अबान्डन्ड म्यान्सन बैंकक (द कोच होटेल) मा आयोजित पाटा पावर अफ नेटवर्किङ कार्यक्रमको क्रममा यो प्रतिष्ठित पुरस्कार ग्रहण गरे। 

सर्वोत्कृष्ट च्याप्टरका रूपमा पुरस्कार प्राप्त गरेकोमा अध्यक्ष लकाईले भने, ‘पाटा नेपाल च्याप्टरले चुनौतीपूर्ण समयमा गरेका कामहरू अहिले विश्वभर मान्यता पाएको छ र हामी नेपाल टिमको रूपमा गौरवान्वित भएका छौँ र हामी हाम्रो देशको पर्यटनमार्फत साझा समृद्धिमा विश्वास गर्छौँ।’

अगस्ट २८ मा आयोजित पाटा गोल्ड अवार्ड प्रस्तुति समारोहमा नेपाल पर्यटन बोर्डको एसटिएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपिड डिएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एन्ड सोसियल रेस्पोन्सिबिलिटी’ विधामा  ग्रान्ड टाइटल विजेता अवार्ड प्रदान गरियो। 
 
पाटा ट्राभल मार्टमा नेपाल पेभिलियनअन्तर्गत सहभागी १८ वटा पर्यटन सेवा प्रदायक कम्पनीहरूमा हेरिटेज टुर्स एन्ड ट्राभल्स, लेमन ट्री प्रिमियर, नेपाल एयरलाइन्स कर्पोरेसन, भृकुटी हिमालयन ट्रेक्स, डेस्टिनागो टुर्स एन्ड ट्राभल्स, होटेल हिमालय, एक्सपेडिसन हिमालय, होटेल रत्नसँभवा, समुदाय होमस्टे नेटवर्क, लक्जरी डिएमसी ट्राभल्स, हिमालयन होलिडेज ट्रेकिङ, बुद्धिस्ट सर्किट्स डटकम, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी, केजिएच ग्रुप अफ होटल्स, युरो एसिया टुर्स एन्ड ट्राभल्स, माउन्टेन टाइगर नेपाल, भिजिट हिमालय ट्रेक्स, अफ द वाल ट्रेकिङ र नेपाल योगा होम थिए। 

पाटाका प्रमुख कार्यकारी अधिकृत नूरअहमद हमिदले भने, ‘पाटा ट्राभल मार्टले एसिया प्यासिफिक पर्यटनको भविष्यप्रतिको हाम्रो प्रतिबद्धतालाई यस क्षेत्र र बाहिरका उच्च गुणस्तरका खरिदकर्ता र विक्रेताहरूका लागि प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दछ। यसले दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने संस्थाको लक्ष्यलाई झल्काउँछ र बैंककमा यस वर्षको कार्यक्रमको आयोजनाले एसिया प्यासिफिक क्षेत्रभित्र नवीनता र सहयोगलाई बढावा दिँदै थाई पर्यटन संगठनहरूसँग पाटाको स्थायी साझेदारीलाई जोड दिएको छ । उनले एसिया प्यासिफिकमा एक अग्रणी माइस गन्तव्यको रूपमा थाइल्यान्डको प्रतिष्ठा कायम राख्ने साझा प्रतिबद्धतालाई बलियो बनाएको बताए।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्वबजारमा यसको अतुलनीय आकर्षण र पर्यटन उपजहरूको प्रवर्द्धन गर्न सहयोग पुगेको धारणा राखे।