१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको पहिरो प्रभावित क्षेत्र पुगे मन्त्री काफ्ले, राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १८:२६:oo

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अवरुद्ध दोलखा–सिँगटी सडकखण्डको झमार्सी पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्।

शुक्रबार मन्त्री काफ्ले सडक डिभिजन कार्यालयका प्रमुख र कर्मचारीको टोलीसहित पहिरोस्थल कालिञ्चोक– ४ को झमार्सी पुगेर पहिरो क्षेत्रसहित अवरुद्ध सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री काफ्लेले द्रुत गतिमा काम सम्पन्न गराई यात्रुलाई सहज बनाउन निर्देशन दिए।

विभिन्न वहानामा सडक सञ्चालन गर्न ढिलाइ भइरहेको जनगुनासो आएको भन्दै उनले तत्काल सडक मर्मतको काम पूरा गरी यात्रुमैत्री सडक बनाउन निर्देश गरे। तीन साताअघि दोलखा–सिँगटी सडकखण्डको झमार्सीमा पहिरोले सडक बगाउँदा दोलखाको सिंगो उत्तरी क्षेत्र सडक सञ्जालबाट विच्छेद भएको थियो।

डिभिजन सडक कार्यालयले छोटो अवधिको ठेक्का आह्वान गरी मर्मत सुरु गरेको उक्त क्षेत्रमा शुक्रबार बिहानबाट साना सवारीसाधन सञ्चालनमा आए पनि यात्रुवाहक बस तथा अन्य ठुला सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

अनुगमनका क्रममा मन्त्री काफ्लेले सडक अवरुद्ध हुँदा सिंगो जिल्लाको उत्तरी क्षेत्र सडक सञ्जालबाट विच्छेद भएको भन्दै जनताको नुन–तेल ओसार्ने बाटो तत्काल बनाउन आग्रह गरे।

यता डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख इन्जिनियर अमितकुमार श्रेष्ठले तत्काल सडक सञ्चालन गर्न कार्यालयको तर्फबाट कुनै कसर बाँकी नराखेको र गर्दागर्दै पनि कठिन भौगोलिक बनावटका कारण केही ढिलाइ भएको बताउँदै केही दिनभित्रै ठुला सवारीसाधन चल्ने गरी मर्मतको काम सम्पन्न हुने जानकारी गराए।