१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
रासस धनुषा
२o८१ भदौ ७ शुक्रबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्तमान सत्तागठबन्धन राजनीतिक स्थायित्वका लागि : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
रासस, धनुषा
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १३:o२:oo

गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सत्तागठबन्धन बनेको दाबी गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताए।

गृहमन्त्री लेखकले दुई ठूला दलको समीकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने बताए। ‘वर्तमान समीकरणबाट बनेको सरकारले मुलुकका जटिल समस्या समाधान गर्न सघाएको छ,’ उनले भने, ‘अहिले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरण सिर्जना भएको छ।’

१८ वर्षदेखि निष्कर्षविहीन रहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको गृहमन्त्री लेखकले दाबी गरे।

अहिले निर्माण गरिएको सत्तासमीकरण मुलुकका लागि निर्विकल्प रहेको उल्लेख गर्दै लेखकले तत्कालै यसको विकल्प खोज्नु उचित नहुने बताए। ‘यसले जटिल समस्या समाधान मात्रै गरेको छैन, मुलुकमा राजनीतिक स्थायित्वसमेत प्रदान गरेको छ,’ उनले भने।

गृहमन्त्री लेखकले सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुरामा सबै सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक अस्थिरताको प्रभावले विगतमा केन्द्र र प्रदेशमा असर परेकाले बाँकी रहेका विकास निर्माणका काम  अब दुई ठुला पार्टी मिलेर बनेको वर्तमान सरकारले पूरा गर्ने बताए।