१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ७ शुक्रबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १२:४३:oo

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने भन्नेलगायतका विषयमा छलफल हुने बताइएको छ।

नेकपा एमालेसँग गठबन्धन गरेर सरकार बनाएको कांग्रेसमा आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा लामो समयदेखि बहस जारी छ। कांग्रेसले मध्यमार्गी विकल्प खोजेर टुंग्याउने तयारी गरेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनपूर्व गठबन्धन नगर्ने विषयमा अडिग रहेपछि कांग्रेस नेतृत्वले मध्यमार्गी बाटो खोज्न थालेको हो।