१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३१ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ३१ बिहीबार o९:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एपिएफका भलिबल खेलाडी सम्मानित, निरुताको बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ३१ बिहीबार o९:३o:oo

प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट नगद पुरस्कारसहित सम्मानित

‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपिएफ क्लबका तीनजना महिला भलिबल खेलाडीलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ ।

बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

निरुताको बढुवा

सम्मानित हुनेहरूमध्ये उक्त लिग तथा अन्य भलिबल प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ । उनलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।