मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २२ मंगलबार
  • Thursday, 19 December, 2024
२o८१ श्रावण २२ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १३ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २२ मंगलबार १६:३१:oo

जाजरकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा जिपचालक मानबहादुर वली छन्। सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ। 

खलंगाबाट भेरी नगरपालिका– ६ नेटाबजार जाँदै गरेको ग.१ज ७७११ नम्बरको बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम भेडे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा भेरी नगरपालिका– ६ की हीरा सार्की, दुर्गा पुन बस्नेत, चुमिका शाही बस्नेत, विन्दु शाही, सपना विक, धनसरा खड्का, कलिबान खत्री, सीता पुन, मोती लुहार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। अन्य चारजनाको सनाखत हुन सकेको छैन।