Skip This
साइनिङ स्टार्सलाई बुद्धिचाल उपाधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १९ शनिबार o८:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साइनिङ स्टार्सलाई बुद्धिचाल उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार o८:३९:oo

ललितपुरको साइनिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुलले शुक्रबार प्रथम अलार्म नेपाल बुद्धिचाल प्रतियोगिताको खुला र महिलामा सर्वाधिक २२ अंक जोड्दै उपाधि जितेको छ । किडल्यान्ड बोर्डिङ स्कुल १६.५ अंकका साथ उपविजेता बनेको छ ।

नाजारथ बोर्डिङ स्कुलले १५.५ जोड्दै तेस्रो भएको छ । पाब्सनअन्तर्गत ललितपुरका २५ निजी विद्यालयले भाग लिएका थिए । प्रतिस्पर्धामा खुलातर्फ साइनिङका यमन खड्काले सात चरणमा अपराजित सात अंक जोडे । 

मेघा बोर्डिङका एन्जल अधिकारीले ६ अंक बनाएर दोस्रो स्थान प्राप्त पारे । किडल्यान्ड बोर्डिङका सिमोन पौडेलले ५.५ अंकका तेस्रो भएका छन् । साइनिङ स्टार्सकी प्रबज्योति कोर अरोराले ५.५ अंक बटुली महिलातर्फ पहिलो भइन् ।

नाजारथ बोर्डिङकी अनुष्का श्रेष्ठ ५.५ अंकका साथ दोस्रो भइन् । किडल्यान्डकी सलिना राई तेस्रो हुँदा पाँच अंक बनाइन् । २० विद्यालयका ५८ खेलाडीले भाग लिएको आयोजकले जनाएको छ ।