१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २९ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २९ शनिबार १८:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ठमेल पर्यटन विकास परिषद्को नेतृत्वको लागि शर्माको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १८:४७:oo

ठमेल पर्यटन विकास परिषद्को आगामी नेतृत्वको लागि भवीश्वर शर्माले उम्मेदवारी दर्ता गराएका छन्। परिषद्को आगामी कार्यकालका लागि ३१ असारमा निर्वाचन हुँदै छ। 

वर्तमान अध्यक्ष रहेका शर्माले अर्को कार्यकालका लागि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। शनिबार नयाँ बजारमा आयोजित कार्यक्रममा शर्माले आफ्नो प्यानलको उम्मेदवारको बारेमा जानकारी गराए।

शर्माकाअनुसार उनको प्यानलबाट उपाध्यक्षमा सहदेव धमला, राजीव पाण्डे र चेतनाथ पुडासैनी उम्मेदवार छन्। यसैगरी, महासचिवमा बद्रीप्रसाद तिमिल्सिना, सचिवमा पुण्यराम लागेजु, कोषाध्यक्षमा प्रकाश थपलिया उम्मेदवार छन्। 

कोषाध्यक्षका उम्मेदवार थपलिया निर्विरोध भइसकेका छन्। सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन र रमेश विश्वकर्मा उम्मेदवार छन्।

डिजिटल ठमेल निर्माण, विशेष पर्यटकीय क्षेत्र घोषणा, शान्तिसुरक्षा, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध, स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना, स्थानीय सम्पदा संरक्षण र संवर्द्वनलगायत कार्यका लागि आफूले पुनः एकपटक नेतृत्व गर्न चाहेको शर्माले बताए।