Skip This
ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार १२:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १२:११:oo

ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ।

बैंकले साउन १ गते बाट लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिनादेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेसनलका साथै नेपाल बैंक, प्रभु बैंक तथा एनआइसी एसिया बैंकको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ। उनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पूर्वसञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन्। 

यसैगरी, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नवनियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंकबाट बैंकिङ यात्रा सुरुवात गरी विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन्। 

विगत सात वर्षदेखि ज्योति विकास बैंकमा आबद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन्।