Skip This
इंग्ल्यान्ड सेमिफाइनलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o७:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्ड सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o७:३७:oo

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड लगातार दोस्रोपटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा समाप्त भएपछि खेल नतिजा पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा इंग्ल्यान्ड गोलकिपर जोर्डन पिकफोर्ड नायक बने । उनले स्विट्जरल्यान्डका म्यानुअर एकान्जीको प्रहार रोकेका थिए ।

फाबियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको प्रहार गोल भएको थियो । इंग्ल्यान्डका पाँचै पेनाल्टी सफल भए । कोल पाल्मार, जुड बेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जेन्डर अर्नाेडले गोल गरेका हुन् ।

यसअघि खेलको ७५औँ मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ८०औँ मिनेटमा बुकायो साकाले बराबरी गोल गरेका हुन् । यसअघि विजयी हुँदै स्पेन र फ्रान्स अन्तिम आठमा प्रवेश गरिसकेका छन् । 

पोर्चुगल बाहिरियो
उपाधि दिलाउँदै कप्तान क्रिस्टियानो रोनाल्डोलाई युरोपियन च्याम्पियसिपबाट बिदाइ गर्ने योजनामा पोर्चुगल असफल भएको छ । जर्मनीको भोक्सपार्क रंगशालामा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै फ्रान्सले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । यसपटक कीर्तिमानी युरो खेलेको रोनाल्डोको सपना पूरा हुन पाएन ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । अतिरिक्त ३० मिनेटको खेलमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा फ्रान्सका लागि औसमाने डेम्बेले, युसुफ फोफना जुलेस कुन्डे, ब्रार्डली बार्कोला र थियो हर्नान्डेजले गोल गरेका थिए ।