Skip This
पोखरामा पाँच घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा पाँच घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारियो

पहिरोले एक घरको भान्छा पुरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १७:५५:oo

लगातारको वर्षाका कारण पोखराको सेती नदी किनारका पाँच घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने अर्को स्थानमा पहिरोको कारण एक घरको भान्साकोठा पुरिएको छ।

पोखरा महानगरपालिका वडा नम्बर १४ गोष्टी टोलस्थित सेती नदीमा पानीको बहाव बढेसँगै हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा बसोबास गर्दै आएका परिवारलाई सुरक्षित स्थानमा सारिएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार गापाले जानकारी दिए।

प्रहरीले उनीहरूका घरमा रहेका सम्पूर्ण सामग्रीहरूसहित गोष्टी टोल विकास संस्थाको भवनमा सारेको छ। थापाका अनुसार प्रहरीले विष्णुमाया सुनुवारको परिवारका पाँचजना, डोल्मा शेर्पाको परिवारका सातजना, सुकदेव गुरुङको परिवारका चारजना, दाबा शेर्पाको परिवारका चारजना र काजी शेर्पाको परिवारका तीनजनालाई सुरक्षित स्थानमा सारेको हो।

यसैगरी, वर्षाको कारण आएको पहिरोले पोखरा– ३२ स्थित डाँडागाउँ बस्ने ३४ वर्षका राजन विकको एकतले कच्ची घरको भान्सा कोठा भत्किएको छ। घरमाथिबाट पहिरो खसेर घरसँगै जोडिएकोे भान्साकोठा पहिरोले पुरेको थापाले जानकारी दिए।