Skip This
टाइब्रेकरमा पोर्चुगललाई रोक्दै फ्रान्स युरोकपको सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २२ शनिबार १२:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टाइब्रेकरमा पोर्चुगललाई रोक्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:५२:oo

रोमाञ्चक खेलमा टाइब्रेकरमा पोर्चुगललाई पछि पार्दै फ्रान्स युरोकप २०२४ को अन्तिम चारमा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा कुनै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। जहाँ फ्रान्सले पोर्चुगललाई ५–३ गोलअन्तरले परास्त गर्‍यो।

जर्मनीको ह्यामवर्गस्थित खेलमैदानमा नेपाली समयअनुसार मध्यरात भएको खेल निर्धारित समय र अतिरिक्त ३० मिनेट बराबरीमा टुंगियो। दुवै टिमले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेनन्। 

क्रिस्टियानो रोनाल्डो र केलियन एम्बाप्पेबीचको प्रतिस्पर्धा पनि ठानिएको यो खेलमा दुवैले गोलका लागि निकै संघर्ष गरे, तर बललाई पोस्टको जाली चुमाउन सकेनन्। 

त्यसपछि भएको टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी प्रहार पोस्टमा लागेर बाहिरिएपछि फ्रान्स सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो।

आज राति इंग्ल्यान्ड र स्विट्जरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।