Skip This
राप्ती राजमार्ग अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:४७:oo

अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ। राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान खण्डको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पानी परिरहेको तथा माथिबाट लेदोसहित माटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएकाले राजमार्ग सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए। डोजर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको उनको भनाइ छ।