Skip This
पहिरोले हेटौँडा-काठमाडौं जोड्ने दक्षिणकाली र सिस्नेरी सडक अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले हेटौँडा-काठमाडौं जोड्ने दक्षिणकाली र सिस्नेरी सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:३५:oo

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने दुईवटा सडक अविरल वर्षापछि माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार गएरातिदेखि आएको अविरल वर्षाले दक्षिणकाली र सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको हो।

दक्षिणकाली सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ छेपारेमा सडकमाथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, सिस्नेरी सडक खण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ। अहिले पनि वर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

बाटो खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ। यता हेटौँडाबाट काठमाडौं जाने कुलेखानी–फाखेल सडक खण्ड भने सञ्चालनमा छ।