Skip This
आँप टिप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ असार २२ शनिबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आँप टिप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:३४:oo

आँप टिप्ने क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० स्थित अमौलीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

स्थानीय ७६ वर्षीय असथी मुसलवानको करेन्ट लागेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

घरनजिकै आँपको रुखमा आँप टिप्ने क्रममा लत्रिएको विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेर उनको मृत्यु भएको बताएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।