Skip This
नवलपुरमा भारी वर्षा, नदी आसपासका बस्तीमा सतर्क रहन प्रशासनको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा भारी वर्षा, नदी आसपासका बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १२:२८:oo

नवलपुरमा विगत पाँच दिनदेखि लगातार पानी परिरहेको छ भने गए रातिदेखि भारी वर्षा भएको छ। 

नवलपुरमा पछिल्लो २४ घण्टामा १०१.८ मिलिमिटर पानी परेको छ भने पछिल्लो एक घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नवलपुरमा रातिदेखि भारी वर्षासँगै नवलपुरका कावासोतीको केरुंगे खोला, लोकाहा खोला, डण्डाको पत्थर खोला, गिरुवारी खोला, दलदलेको बौलाहा खोलाका साथै नारायणी नदीमा पानीको बहाव बढ्न थालेको छ। 

अहिलेसम्म जोखिम तहभन्दा तलै नदी तथा खोलामा पानीको सतह भए पनि यहाँ निरन्तर अहिलेकै अवस्थामा भारी वर्षा भइरहे नारायणी नदीलगायत खोलाहरूको सतह बढेर बाढीको जोखिम बढेको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार यो समाचार तयार पार्दासम्म नवलपुरमा अहिलेसम्म कुनै बाढी पहिरोका घटनाहरू भएको जानकारीमा आएको छैन।

यसैबीच, नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले नवलपुर पनि अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकोले सबैलाई सतर्क रहन आग्रह गरिएको बताए। 

उनका अनुसार विपद् व्यवस्थापन समितिको बैठक केही दिनअघि बसी पालिका, रेडक्रस, प्रहरीलगायतका सुरक्षा निकायहरूलाई उच्च सर्तकताका साथ राखिएको छ। 

जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा बाढीको जोखिम रहेको भन्दै नदी तथा खोला आसपासका बस्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।