१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ११ मंगलबार o७:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ संस्करणमा धेरै छक्का लगाउने वेस्ट इन्डिज

आइसिसी टी–२० विश्वकप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o७:२५:oo

दक्षिण अफ्रिकासँग डकवर्थ लेविस नियमअनुसार तीन विकेटले पराजित हुँदै बाहिरिएको आयोजक वेस्ट इन्डिज सहभागी टोलीमध्ये धेरै छक्का प्रहार गर्ने राष्ट्र बनेको छ ।

सुपर एटको दशौँ खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका लागि महत्वपूर्ण थियो । यसमा दक्षिण अफ्रिकाले बाजी मार्‍यो । यस खेलमा वेस्ट इन्डिजले सात छक्का प्रहार गरेको थियो । समग्रमा वेस्ट इन्डिजले एकै प्रतियोगितामा ६२ सर्वाधिक छक्का लगाउँदै नयाँ कीर्तिमान आफ्नो नाममा लेखायो । 

सन् २०१० को संस्करणमा अस्ट्रेलियाले सर्वाधिक ५७ छक्का प्रहकार गरेको थियो । वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान निकोलास पुरनले व्यक्तिगत रूपमा १७ छक्का प्रहार गरे । वेस्ट इन्डिजका १२ खेलाडीले छक्का हिर्काए । निकोलासले सात खेल खेले । यसैगरी, साई होपले तीन खेलमा १० छक्का प्रहार गरेका थिए । सफेनले सात खेलमा नौ छक्का प्रहार गरे । रामपाल पावेलले सात खेलमा आठ र आन्द्रे रसेलले सात खेलमा चार छक्का प्रहार गरेको एजेन्सीले जनाएको छ । 

वेस्ट इन्डिजका रोस्टन चेजले ६ खेलमा चार छक्का प्रहार गरे । सेमिफाइनल स्थान दौडबाट बाहिरिएको वेस्ट इन्डिजका लागि अज्जारी सोसेफले समग्रमा १३ विकेट लिए । उनी वेस्ट इन्डिजका लागि यस संस्करणमा धेरै विकेट लिने बलर बनेका छन् । जोसेफले सैमुअ, रसेल तथा ड्वान ब्राभोको रेकर्ड तोडेका छन् ।