१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ८ शनिबार १६:१२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पोखरेलको ‘फर्केर हेर्दा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १६:१२:oo

लेखक तथा स्तम्भकार प्रा. कृष्ण पोखरेलको आत्मसंस्मरण ‘फर्केर हेर्दा’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वसांसद तथा राजदूत कमल कोइराला, प्रा. कृष्ण खनाल, लेखक कृष्ण पोखरेल, लेखककी पत्नी सरु पोखरेल तथा राजनीतिक विश्लेषक शंकर तिवारीले पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तक सार्वजनिक कार्यक्रममा विश्लेषक शंकर तिवारी, प्रा. कृष्ण खनाल, कमल कोइराला, पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाले सार्वजनिक भएको पुस्तकमाथि समीक्षा गरेका थिए।

कार्यक्रममा बोल्दै विश्लेषक तिवारीले पोखरेलको यो पुस्तक झापा आन्दोलनको इतिहास भएको बताउँदै राजनीति शास्त्रका विद्यार्थीका लागि विशेष पठनीय हुने बताए। अर्का वक्ता प्रा. खनालले पुस्तकमार्फत पोखरेलले शिष्ट र सभ्य भाषामा त्यतिखेरको समाजको सूक्ष्म र इमानदार विश्लेषण गरेको बताए।

कार्यक्रममा बोल्दै लेखक पोखरेलले पुस्तकले आफ्नो जीवनका अनेकौँ पानालाई सार्वजनिक गरेको बताए। उनले पुस्तकमा आफूले देखेको, भोगेको र अनुभूत गरेको समय, परिस्थिति, व्यक्ति, घटनाक्रम आदिको इमानदार प्रकटीकरण गरेको दाबी गरे। पुस्तक शिखा बुक्समार्फत प्रकाशनमा आएको हो।